गुरुकुल एकेडेमी लमहिद्वारा स्वास्थ्य शिविर सम्पन्न

लमहि –  गुरुकुल एकेडेमी लमहिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । निरासिज युथ फाउन्डेसन आयोजना तथा गुरुकुल एकेडेमी लमहिको ब्यबस्थापनमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो । निरासिज फाउन्डेसनले गुरुकुल एकेडेमी लमहिका विद्यार्थि तथा लमहिका नागरीकहरुको स्वास्थ्य जाँचको प्रस्तावमा गुरुकुल एकेडेमीले सम्पुर्ण ब्यबस्थापनमा गुरुकुलका तथा अन्य विद्यालयका विद्यार्थि र आम नागरीक गरी करीव ७०० जनाको स्वास्थ्य शिविर सम्पन्न गरीएको गुरुकुल एकेडेमी लमहिका मार्केटिङ म्यानेजर सुदाशं जिसिले जानकारी दिनुभयो । शिक्षा संगै स्वास्थ्य अनि निरोगि समाजको लागि गुरुकुल एकेडेमी लमहि र निरासिज फाउन्डेसनले कार्यक्रम गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको विद्यालयका प्रधानाध्यापक सुरज खनालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक खनालले फाउन्डेसनले गुरुकुल एकेडेमी लमहिमा राखेको प्रस्ताव निकै सह्रायिन रहेको भन्दै उक्त कार्यक्रम संचालन गर्न विद्यालय पाि तयार रहेको बताउनुभयो । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलो कुरा भएको भन्दै यस बाहेक विद्यालयका विद्यार्थिहरुको अन्य समयमा पनि स्वास्थ्य परीक्षण गरीएको बताउनुभयो । गुरुकुल एकेडेमी संगको सहकार्यमा नँया एजेन्डाका कार्यक्रम आएमा फेरी सहकार्य गर्ने निरासिज फाउन्डेसनले बताएको छ । कार्यक्रममा लमहि नगरपालीकाका उप मेयर लक्ष्मि योगिले स्वास्थ्य क्षेत्रका संघ संस्थाले गर्नुपर्ने काम विद्यालयले गरेको भन्दै स्वास्थ्य शिविरको शुभकामना समेत दिनुभएको थियो । यस्तै लमहि नगरपालीका स्वास्थ्य बिभाग कि डा. रेजिना अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो भने देउखुरी बैंकर्स , महिला विकास लमहि , थारुकल्यानकारी र ओम शान्ति समाज लमहि लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो । निरासिज फाउन्डेसनको अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा तथा गुरुकुल एकेडेमी लमहिका प्रधानाध्यापक सुरज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण निरासिज फाउन्डेसनकि सिजन केसिले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्