राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ । मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल साे बैठककाे अजेन्डा रहने छ ।

आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।

कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ । उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्