दिपक बोहराको शब्द संगितमा ‘ए साली तेरी दिदी’ बोलको डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – दिपक बोहराको शब्द संगितमा ‘ए साली तरी दिदी’ बोलको डेउडा गीत सार्वजनिक भएको छ । लभ लाईट म्युजिक स्टुडियोको आधिकारिक युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा गायक दिपक बोहरा र संगिता बडुवालले आवाज भरेका छन् भने कृष्ण बाजुरेलीले एरेन्ज गरेका छन् । गीतको भिडियोमा एनपी जोशी ‘हगुल्टो’को अभिनय देख्न सकिन्छ ।

यस्तै आशा बीसी र आचल जोशीको पनि अभिनय गीतमा देखिएको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको भिडियोको सम्पादन भने रोशन धितालले गरेका हुन् । सन्तोष तिमल्सिनाको छायांकनमा बनेको भिडियोको पोष्ट प्रोडक्सन भने मिलन फिल्मसले गरेको हो । गीतमा पश्चिम क्षेत्रमा चर्चित भाकालाई समेटिएको छ । श्रीमानले श्रीमतीलाई फकाउन खोज्दा पनि रिसाएपछि श्रीमती किन रिसाउछे भनेर आफ्नी सालीलाई सोधेको छ । सालीले पनि विभिन्न गहना किनेपछि आफ्नी दिदी नरिसाउने रमाइलो कुरा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्