सेविका घिमिरे बनिन अर्किड आइडल नृत्य प्रतियोगिता २०८१ को विजेता

काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता २०८१ को विजेता सेविका घिमिरे बनेकी छिन् । शुक्रवार विद्यालयमा भएको अन्तिम राउण्डमा २५ जना प्रतिस्पर्धिकाबीच कक्षा ६ मा अध्ययनरत छात्रा सेविका घिमिरे विजेता बनेकी छिन् ।

यसैगरी द्धितीय हुनेमा कक्षा ७ कि छात्रा अश्लेशा कार्की रहेकी छिन् भने तृतीय कक्षा ९ कि छात्रा अनिता तामाङ भएकी छिन् । यस्तै चौथो कक्षा ९ कि छात्रा सृजना जैसी भएकी छिन् भने उत्कृष्ट पहिरनको ट्रफि कक्षा ९ कि छात्रा स्नेहा पुरीले प्राप्त गरेको विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

आज भएको फाइनल चरणको कार्यक्रममा प्रतिभाको आगन रियालिटी सो का निर्देशक समेत रहेका सञ्चारकर्मी ऋषिकेश श्रेष्ठ निर्णायक रहेका थिए ।
करिब १२३ जना सहभागी भएकोमा ९५ जना सेमीफाइनलमा पुगेका थिए भने २५ जना प्रतियोगि अन्तिम चरण तथा फाइनलका लागि चुनिएका थिए ।
कार्यक्रममा सहभागी २५ जनालाई नै प्रमाणपत्रले सम्मान गरेको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना र उत्कृष्ट पहिरन विधामा विद्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्रले सम्मान गरिएको विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्