काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौँ – काठमाडौं महानगरपालिकाको कार्यालय न्युप्लाजा सँगैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्।

दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो। उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ। अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ। उक्त सडक केही दिनअघि पनि भासिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्