सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ – बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेकाे छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।

बिहीबार छापावाला २४ क्यारेट सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ र २२ क्यारेट सुन प्रतितोला १ लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेकाे छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यता बिहीबार चाँदी भने प्रतितोला १ हजार ६९० रुपैयाँमा खरिदबिक्री भइरहेकाे महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्