अर्किड आइडल नृत्य प्रतियोगिताको ११औं संस्करण अन्तर्गत सेमीफाइनल चरण सम्पन्न

काठमाडाैं – अर्किड आइडल नृत्य प्रतियोगीता अन्तर्गतको सेमीफाइनल चरण सम्पन्न भएको छ । अर्किड प्युपल सेकेण्डरी स्कूलमा आज सेमीफाइनल चरणको प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ । आज सम्पन्न कार्यक्रममा नृत्य निर्देशन तथा विभिन्न नृत्य कक्षाहरु सञ्चालन गर्दै आएका कलाकार विश्व राजवंशी निर्णायकको रुपमा रहनुभएको थियो । सेमीफाइनलमा पुगेका ९५ जना प्रतियोगीहरू मध्ये २५ जना प्रतियोगीहरू फाइनल चरणमा प्रवेश गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सरोज तामाङले जानकारी दिनुभयो ।

विद्यार्थीहरुमा व्यक्तित्व विकास, प्रतिस्पर्धात्मक भावना अभिवृद्धी र असल संस्कारको उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको यस प्रतियोगीताले ११ औं संस्करण सम्म बर्षेनी थुप्रै प्रतिभाहरू खोज्ने प्रयास‌ गरेको छ ।  साथै आगfमी बर्षहरुमा पनि यो प्रतियोगीता निरन्तर अगाडी बढने विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेय बताउनुहुन्छ ।

अब यो संस्करणको अन्तिम चरण अर्थात फाइनल राउण्ड यहि साउन २५ गते शुक्रवारका दिन राष्ट्रीय कलाकार निर्णायक हुने गरी प्रतियोगिता सञ्चालन हुने र अन्तिम चरणमा प्रवेश गर्ने बानीबाबुहरूका अभिभावहरु समेत विद्यालयमा आमन्त्रित गरि उनीहरूमा हौसला प्रदान गर्दै प्रथम द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट भेषभुषा शिर्षकमा पुरस्कृत गरि प्रमाणपत्र समेत प्रदान गरिने विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

अर्किड आइडल नृत्य प्रतियोगीताको अन्तिम चरणमा पुग्न सफल विद्यार्थी प्रतियोगीहरुको नामावली

सेविका घिमिरे – कक्षा. ६.
अश्लेशा कार्की–कक्षा ७
मेनुका राठ – कक्षा ९
सृजना जैशी– कक्षा ९
रोजिना खड्का– कक्षा ६
अनिता तामाङ, – कक्षा ९
साहिरा बास्तोला– कक्षा ६
स्नेहा पुरी– कक्षा ९
खुसी कार्की– कक्षा ८
सुप्रभाती न्यौपाने – कक्षा ८
सुनिता बजगाँई – कक्षा ७
शिवानी खड्का– कक्षा ६
जेनिशा ढकाल – कक्षा ६
सुमन खड्का कक्षा–९
राधा मोहन रायमाझी – कक्षा ९
अंकित खड़का– कक्षा ९
शुप्रिया शिवाकोटी – कक्षा १
अन्शु लुइटेल – कक्षा ३
पुण्यशिला भुजेल – कक्षा ३
प्रवेश कार्की – कक्षा ८
शिशिर जिरेल – कक्षा ८
आशिका थापामगर – कक्षा ८
दिपशिखा वि.क – कक्षा ४
दिशना थापा मगर – कक्षा ८
ओजश्वी शिलवाल – कक्षा ५

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्