काठमाडौँ – धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढलेको छ।
धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका-५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूख ढलेर बसमा बजारिँदा ७/८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। रूख ढल्दा पृथ्वी राजमार्ग दुइतर्फी नै अवरूद्ध रहेको पनि डिएसपी मिश्रले जानकारी दिए।