सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिने तयारी

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन् ।कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्