बैजनाथ सामुदायिक वन उपभोक्ता समुहद्वारा श्रमदानमा तटबन्ध निर्माण

कञ्चनपुर – बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले श्रमदानमा तटबन्ध निर्माण गरेको छ । शनिवार उपभोक्ताहरूको सहभागितामा गौडी नदीले कटान गरेको प्रभावित क्षेत्रमा तटबन्ध गरेको वनका अध्यक्ष बहादुर सिँह महराले बताए ।

सामुदायिक वनको तर्फबाट ढुंगा तथा ट्याक्टर सहयोग गरेर उपभोक्ता तथा नौखरी, पिपलाडीका स्थानीयहरूको सहभागीतामा तटबन्ध गरिएको हो ।


गत वर्षसँगै यसबर्ष पनि गौडी नदीमा आएको बाढीले नौखरी तथा पिपलाडी क्षेत्रमा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठुलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको अध्यक्ष महराले बताए ।

डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गर्ने योजनामा सामुदायिक वन समेत जुटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्