काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता २०८१ अन्तर्गत आज अडिसन राउण्ड सम्पन्न भएको छ ।
काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकण्डरी स्कुलले बर्षेनी आयोजना गर्ने अर्किड आइडलको यो एघारौँ संस्करण हो । आज भएको अडिसन राउण्डमा एक सय २३ जना सहभागी भएका थिए । जसमा ९५ जना दोस्रो चरणको सेमि फाईनल राउण्डको लागि छनोट भएका छन् ।
सेमि फाइनल राउण्ड श्रावण २२ गते हुनेछ भने उक्त राउण्डबाट फाईनल राउण्डमा छनोट हुनेहरूले श्रावण २५ गते हुने फाईनल राउण्डका लागि सहभागी हुने स्कुलका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।
विद्यालयले विद्यार्थीको पढाईसँगै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै आईरहेको र स्कुलको बार्षिक कार्यतालिका अनुसार यो बर्ष पनि आइलको एघारौँ संक्करणको सुरू गरिएको विद्यालय संयोजक नरेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।