काठमाडौँ – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेसम्म संबिधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आव्हान गरेका हुन् ।
केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि सुदूरपश्चिममा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।