बोहोराको नेतृत्वमा बैतडी–काठमाडौं सम्पर्क समिति चयन

काठमाडौं –  नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको सम्पन्न बन्द सत्रको भेलाले दिवाकर बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सम्पर्क समितिको उपाध्यक्षमा नगेन्द्र भट्ट र ई. महादेव साउद चयन भएका छन् । त्यसैगरि सचिवमा महेश बहादुर बोहोरा र दिनेश प्रसाद भट्ट, सहसचिवमा हेमन्त नेगी, सहसचिवमा हरिकृष्ण जोशी र कोषाध्यक्षमा धनबहादुर बोहोरा चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा अमृत केसी, हेमराज जोशी, सरस्वती कार्की, मनोज चन्द, मोहनसिंह धामी, यज्ञराज अवस्थी, यज्ञराज पाण्डे र सरस्वती कुमारी धामी रहेका छन् । बैतडीबाट विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्ने नेपाली कांग्रेस समर्थकहरुविच आपसी सम्बन्ध मजबुत बनाउन, आपतविपतमा परेका बेला सहयोग गर्ने र नेपाली कांग्रेसको संगठन बलियो बनाउने उद्देश्यका साथ सम्पर्क समिति गठन गरिएको हो । १२ वर्ष पहिले पहिलो पटक ई.दिनेश भट्टको नेतृत्वमा बैतडी–काठमाडौं सम्पर्क समिति गठन गरिएको थियो । सम्पर्क समितिको नयाँ कार्यसमितिले विभिन्न समाजिक र संगठनात्मक क्रियाकलाप मार्फत आफ्ना गतिविधि अगाडि बढाउने नव निर्वाचित अध्यक्ष बोहोराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्