हरदेव जोशी एमालेको केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौँ – नेकपा एमालेका नेता हरदेव जोशी केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । बिहिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले जाशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । नेता जोशी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओली यसभन्दा पहिला प्रधानमन्त्री हुँदा जोशीले उनको सचिवालयमा रहेर काम समेत गरेका थिए ।

उनी २०७९ सालमा भएको आम निर्वाचनमा दार्चुला प्रदेश सभा ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए । उनी नेपाली काँग्रेसका विक्रम धामीसँग पराजित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्