एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको कैलाली भेला सम्पन्न

कैलाली – नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) निकट  विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कैलाली जिल्ला बाट  २०७९ चैत्र ५मा  सम्पन्न  स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु ) निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुको आयोजनामा आगामी स्ववियु निर्वाचन केन्द्रीत  रणनीति वर्तमानमाको समिक्षा र दिर्घकालि योजना निर्माण सहित साउन १५ बिशेष खिर खाने कार्यक्रममा  सम्पन्न भएको छ ।

पार्टी  जिल्ला इन्चार्ज तथा सुदुर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय दिर्घ बहादुर सोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला अध्यक्ष बिमल कुमार जोशी सचिव दिर्घ जोशी , अनेरास्ववियू स्थायी कमिटी सदस्य तथा कैलाली इन्चार्ज  महोन ऐर ,  स्थायी कमिटी सदस्य टेक बटाला , जिल्ला संयोजक रमेश बोहरा लगायत पार्टी र संगठनका जिल्लाका  नेता क्याम्पसहरुमा गठित क्याम्पस कमिटीका नेता,  विद्यार्थी हरुको सहभागी रहेको थियो ।

कैलालीको मध्य क्षेत्र घोडाघोडी नगरपालिका सुखड्मा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सभा हलमा सम्पन्न  कार्यक्रमको सभाध्यक्ष अनेरास्ववियू आयोजक कमिटी सदस्य तथा खप्तड बहुमुखी क्याम्पस बाट निर्वाचित स्ववियु सचिव प्रेम जोशी रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य   आयोजक कमिटी सदस्य तथा घोडाघोडी बहुमुखी बाट निर्वाचित सचिव हुकुम आचार्यले राख्नु भएको थियो भने लम्की बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष तथा आयोजक कमिटी सदस्य  नियूना खनालले गर्नु भएको थियो कार्यक्रम शुभकामना मन्तब्य राख्दै मुख्यमन्त्री सोडारीले विद्यार्थी राजनीतिको भुमिका विगतको अबस्था बर्तमान अबस्था र अब हुनुपर्ने समाजवादी शिक्षा ब्यबस्थाका  वारेमा बोल्दै  विद्यार्थी संगठन , स्ववियु प्रतिनिधि , विद्यार्थी नेताहरु सधैं विद्यार्थीका आवाज बन्नु पर्ने बताए  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्