भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज

काठमाडौँ – भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ ।

पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो । दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्