गर्भवतीलाई हेलिकप्टरमार्फत प्रसूतिका लागि सुर्खेत पुर्‍याइयो

काठमाडौँ – जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।

कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो।

बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्