सुनचाँदीको मुल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ – आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्