नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।

सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागु हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्