काठमाडौं । नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द भएपछि पुन: ५ प्रतिशतले सकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि बन्द भएको छ ।
आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो त्यसपछि २० मिनेटपछि कारोबार भएपछि ५ प्रतिशतले बढेर २६९७ विन्दुमा पुगेपछि ४० मिनेटका लागि बन्द भएको हो ।
मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १२९ अंकले बढेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।