मिस भक्तपुर डिभाको ताज पहिरीन एनी श्रेष्ठ सफल

काठमाडौं – मिस भक्तपुर डिभाको ताज पहिरीन एनी श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् ।

प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु ५० हजार र विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा प्रत्युशा सुवेदी फस्ट रनर अप र माला रिजाल सेकेन्ड रनर अप बन्न सफल भएका छन् । कार्यक्रम‌मा विविध सबटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो ।


मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा सम्पन्न प्रतियोगितामा १७ देखि २४ उमेर वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको शारारीक, बौद्धिक एवं सांस्कृतिक पक्षहरूको मूल्यांकन गर्दै निर्णायक मण्डलको निर्णय अनुसार बिजेता घोषित गरिएको आयोजक VersinoNepal का सजग पोखरेलले जनाएका छन् ।
सुमी बानिया को कोरियोग्राफी र मुस्कान श्रेष्ठ को डिजाइनमा सम्पन्न प्रतियोगितामा प्रदिप बोहोरा, विधि लम्साल, निमेष कपाली लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बिज एजुकेसन,कोष्टलाईन भिजा सर्भिस तथा वेभ हिमालयन स्पोर्टस एण्ड फिटनेस सर्भिस , समृद्धि कलेज ले प्रायोजन गरेको प्रतियोगिताको फ़ाइनलमा भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यता र बरिष्ठ कलाकार निर शाहको विशेष आतिथ्यता रहेको थियो ।उनीहरुले यस्ता प्रतियोगिता आत्मविश्वास र प्रतिभा प्रस्फुटनमा सहयोगी सिद्ध हुने र मोडलिङ्ग लगायतका क्षेत्रमा करिअर बनाउन पनि मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्