२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

काठमाडौं – इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई हजार जना केयरगिभर लैजाने बताएको हो ।

इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।

सोही दिन पिबाले पत्राचार गरेर दुई हजार जना केयरगिभर लैजाने बताएको थियो । विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले फाराम भरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्