योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त  उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरुले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका थिए ।

विहिबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह ( धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल  अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो ।

शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना दिदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बनाउन भूमिका खेल्न आग्रह गरेका थिए । ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउदै उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्