शैल्यशिखर नगरपालिकामा पुग्यो अख्तियारको टोली, कागजपत्र हेर्दै

काठमाडौं –  दार्चुलाको शैल्यशिखर नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । आज बिहानमात्रै शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा अख्तियारको टोली पुगेको स्रोतले बताएको छ । बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा केही समयको भेटघाटपछि टोली अहिले नगरपालिकाको कार्यालयमा पुगेको छ ।

नगरपालिकाको कार्यालयमा टोलीले अख्तियारमा परेका मुद्दा र केही दिन अगाडि घुस रकमसहित समातिएका कृषि प्राविधिकहरूको बयान अनुसारका प्रमाण संकलन गरिरहेको छ । शैल्यशिखरमा ठूलै आर्थिक चलखेल भएको भन्दै अख्तियारमा पटक-पटक निवेदन आउन थालेपछि अख्तियारले विशेष निगरानी राखेको स्रोतले बताएको छ ।

यस्तै, पटक-पटक अनियमितताका समाचार बाहिरिएपछि अख्तियारले शैल्यशिखर नगरपालिकामा विशेष चाँसाे देखाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्