फिजमद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विषयगत शिक्षकहरुलाइ सम्मान

काठमाडाैं – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले सदस्य विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा  विषयगत शिक्षकहरुलाइ सम्मान गरेको छ । विहिबार काठमाडाैँको कोटेश्वरमा रहेको ग्रामर कलेजमा आयोजित एक कार्यक्रमका विच उक्त सम्मान गरेको हो । फिजमका अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षता तथा कागेश्वरी मनोहरा नगरपालिकाका  शिक्षा शाखा प्रमुख उप-सचिव पुष्पराज ढकालको प्रमुख आथित्यतामा आयोजित कार्यक्रमा सदस्य विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सबैभन्दा बढी नतिजा आउने विषयका शिक्षकहरुलाइ सम्मान गरेको हो ।

जसमा फिजम सदस्य विद्यालयमध्ये ग्लोबल पब्लिक स्कुलबाट ४ जीपीए ल्याउने ६ जना विद्यार्थीलाई समेत सम्मान गरेको छ । ग्लोबल पब्लिक स्कुलबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, शुभम भट्टराई, साजन पराजुली, श्रीजन खड्का, स्वीकृति प्याकुरेलले  ४ जीपीए ल्याएको थियो ।

फिजम सदस्य विद्यालय रहेका २० विद्यालयका करिव ३३ विद्यार्थी सम्मानित भए भने २० विद्यालयका २० जना शिक्षक शिक्षिका समेत सम्मानित भएका छन् । यसैगरी १० विषयका विषयगत शिक्षक शिक्षिका समेत सम्मानित गरेको आयोजक फिजमका सचिव सुनिल केसी खत्रीले जानकारी दिनुभयो ।

 

सम्मानित हुनेहरुकाे सूचि

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्