इडन ब्रिज एकेडमीमा डा. दामोदर पुडासैनीसँग जीवन खोज्दै 

काठमाडौ – इडन ब्रीज एकेडमीको आयोजनामा आज स्रष्टाको जीवन खोज्दै कार्यक्रममा  डा. दामोदर पुडासैनी किशोरले शिक्षक र विद्यार्थीहरूका प्रश्नको जवाफ साथ आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा एकेडमीका प्रिन्सिपल एबँ निजी बिद्यालय संगठन (प्याब्सन) का अध्यक्ष एवं बरिष्ठ साहित्यकार प्रेम राई परिक्षित , बरिष्ठ साहित्यकार एबं संसाक पत्रिकाका प्रधान सम्पादक उमेश पाण्डे, बरिष्ठ साहित्यकार तारा के सी , इडनब्रीज नेपाली बिभागकी प्रमुख कल्पना चापागाईँ ढकाल, शिक्षक सुजन भट्टराई , विद्यार्थीहरू खुशीपल परियार र कृति ढकालले डा. दामोदर पुडासैनी किशोरको जीवनधारा , साहित्य , सँस्कृति , कला र जीवन दर्शन सँबन्धमा प्रश्नहरू प्रस्तुत गरेकोमा डा. पुडासैनीबाट प्रश्नका जवाफ दिनुभएको थियो ।
कार्यक्रममा एकेडमीका प्रिन्सिपल एवं निजी बिद्यालय संगठन (प्याब्सन) का अध्यक्ष एवं बरिष्ठ साहित्यकार प्रेम राई परिक्षितले विद्यालयले यस किसिमको कार्यक्रम आयोजना गरेर साहित्यकारको सम्मान गर्दै साहित्यकारको जीवन दर्शन खोतल्दा शिक्षक तथा विद्यार्थीमा प्रेरणा जाग्ने हुँदा यस किसिमको कार्यक्रमको आयोजना गरेको बताउँनुभयो ।
बरिष्ठ साहित्यकार एबं संसाक पत्रिकाका प्रधान सम्पादक उमेश पाण्डे र  बरिष्ठ साहित्यकार तारा के सीले संयोजन गर्नुभएको सो कार्यक्रममा डा. दामोदर पुडासैनी जस्ता बहुमुखी प्रतिभाका धनी देशका उर्जाशील स्रष्टाहरूसँग उहाहरूको  जीवन उधिन्दै जीवन र जगतप्रतिको दृष्टिकोण सहित सँसाक मासिकले विशेष सँग्रह प्रकाशित गर्ने जानकारीपनि सो अवसरमा प्रस्तुत गरियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्