एकता व्यापार संघका अध्यक्ष आचार्य नेतृत्वको टोलीले अर्थमन्त्रीलाई बुझाए १६ बुँदे ज्ञापन पत्र

काठमाडौँ – एकता व्यापार संघ नेपालले अर्थमन्त्री विष्णु पौडेलसँग विभिन्न १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । बुधबार एकता व्यापार संघका अध्यक्ष तेज प्रसाद आचार्यको नेतृत्वमा मन्त्रालयमै पुगेर अर्थमन्त्री पौडेललाई विभिन्न १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

‘… सघंले सरकारले राखेको समुन्तत नेपाल र समृद्ध नेपालीको सपना पुरा गर्ने, देशको अर्थतन्त्रलाई वलियो वनाउन आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिँदै आएको छ । कोरोना महामारीबाट थला परेको नेपालको साना तथा मझौला व्यवसायलाई अगाडि बढाउँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी व्यवसायीसंगै राज्यको पनि विशेष दायित्व रहेको छ । कारोनाका कारण महङ्गी, तरलता अभावले नेपालको अर्थतन्त्रमा असर परेको छ । भर्खरै नयां सरकार निमार्ण भएको. छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै एकता व्यापार संघले दक्ष जनशक्ति उत्पादन गर्ने प्रत्येक स्थानीय तहमा तालिम केन्द्रका स्थापना गर्नुपर्ने माग अघि सारेको छ । स्वदेशी उत्पादनलार्ई प्रोत्साहन गर्ने, कच्चा पदार्थ कच्चा पदार्थ आयातामा सहुलियत दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरका कारण व्यवसायहरुनै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदर एकल अंकमा कायम गर्नुपर्ने लगायतका माग संघले राखेको छ ।

भेटमा नेपाल व्यापार स‌ंघका अध्यक्ष हरि गाैतम लगायतकाे सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्