प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ ।

यौन दुर्व्यबहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ ।

संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको छ ।

प्रधानलाई गत असार २ गते संबैधानिक परिषदको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्