हस्ताक्षर कीर्ते गरि भ्रष्टाचार गरेको आरोप लगाउँदै वडा अध्यक्ष जोशी विरुद्ध अख्तियारमा निवेदन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष केशव दत्त जोशी विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै निवेदन दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौँमा वडा अध्यक्ष जोशी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम मुद्दा चलाइपाउँ भन्दै निवेदन परेको हो । निवेदन अनुसार वडा अध्यक्ष जोशीले गलैनाथ कृषि सहकारीको नाममा सहकारी सदस्यहरको हस्ताक्षर किर्ते गरी भ्रष्टाचार गरेको हो ।
‘गलैनाथ कृषि सहकारीको नाममा १० वटा प्लाष्टिकको कुर्सि मात्रै किनेर निजले ४ लाख ८६ हजार २ सय ९६ घोटला गरेको, कृषकको माग आकृति फारम नलिइ छनौटको लागि सार्वजनिक रुपमा आह्वान नगरी उपभोक्ताको हिस्सा समेत यकिन नगरी कुखुरा फर्म निर्माणको नाममा ३ लाख ७ हजार २ सय ७७ आफ्नै गलैनाथ कृषि तथा बाख्रा फर्मको नाममा भुक्तानी लिएको’ निवेदनमा उल्लेख गरिएको छ ।
यस विषयमा नगरपालिकामा कुरा गर्न खोज्दा वडा अध्यक्ष जोश िर नगरपालिकाका हाकिमले समेत कुरा गर्न निदिएको सहकारीका सदस्यहरुको आरोप छ । महालेखाको प्रतिवेदनमा उल्लेखभए अनुसार वडा अध्यक्ष जोशीले आफ्नै वडामा विद्यालय अनुगमनको नाममा भत्ता लिएको भन्दै यसअघि पनि चर्को आलोचना भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्