महिला लघुवित्तको सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं – महिला लघुवित्तको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम रहेको छ । कम्पनीले असार १७ गतेदेखि लिलामीमा ल्याएको सेयरमा आज लिलामी भर्ने अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्