शैल्यशिखर नगरपालिका मेयर धामीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा निवेदन, १ करोड १५ लाख हिनामिना गरेको आरोप

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी र प्रमुख प्रशासकीय अधिकृत(हाकीम)लाई पक्राउ गरेर अनुसन्धानको माग गर्दै मुद्दा दायर गरिएको छ।

सोमबार अधिवक्ता विरभद्र जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा शैल्यशिखरका मेयर धामी, उपमेयर शान्ती खडायत, वडाध्यक्ष, तत्कालिन हाकीमहरू सुरेन्द्रबहादुर बिष्ट, भोजराज भट्ट र हालका हाकीम शेरबहादुर बुढालाई पक्राउ गरेर अनुसन्धानको माग गर्दै मुद्दा दायर गरेका हुन्।

अधिवक्ता जोशीले नगरपालिकाले ‘कृषक पाठशाला तथा कृषक वार्ड वितरण योजना’मा मेयर/उपमेयर, वडाध्यक्ष, तत्कालिन हाकीमहरूले १ करोड १५ लाख भ्रष्ट्राचार गरेको र सो रकम बिगो कायम गरेर उनीहरूलाई पक्राउ गर्दै मुद्दा चलाउन अख्तियारसँग माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्