धनकुटाको पाख्रीबासमा मनाइयो पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस

धनकुटा । धनकुटाको पाख्रिबासमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस मनाइएको छ ।

श्रेष्ठको तस्बीरमा पुष्प गुच्छा चढाएर श्रद्दान्जलि अर्पण गरि कार्यक्रम मनाइएको हो । कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटि सचिवालय सदस्य भिम राईले कम्युनिष्ट पार्टी स्थापना हुनुमा श्रेष्ठको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटि सल्लाहकार परिषद सदस्य,जिल्ला कमिटि सचिवालयका पूर्व तथा वर्तमान सदस्य,नगर कमिटिका पदाधिकारी,नेता,कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

नेकपा(एमाले) पाख्रीबास नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि अध्यक्ष शिवाहांग लिम्बु र कार्यक्रमको अध्यक्षता नगर कमिटि अध्यक्ष शान्तिराम गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर कमिटि सचिव सिताराम राईले गर्नु भएको थियो ।

श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा भइ २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्