लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार अपरान् ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न भनेका हुन् ।

यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाको बैठकमा राजीनामा दिएका थिए । केन्द्रमा कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्