काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् ।
गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् ।
आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।