दोलखा भीमसेनमा आयो ‘पसिना’

काठमाडौं – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो पौने २ बजे ‘पसिना’ आएको दोलखाका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको उनले बताए ।

भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्