प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल र आर्थिक सल्लाहकार खतिवडा नियुक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेको हो। उनीहरूलाई मन्त्री वा सोसरह सुविधा पाउनेगरी सल्लाहकारमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। एमालेका उपमहासचिव विष्णु रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भइसकेका हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निकटस्थ मानिन्छन्। खतिवडा यसअघि ओलीकै कार्यकालमा अर्थमन्त्री थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्