शैल्यशिखर नगरपालिका–१ ले एम्बुलेन्स खरिद गर्ने, २० लाख बजेट विनियोजन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. १ ले एम्बुलेन्स खरिद गर्ने भएको छ । बुधबार वडा अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको वडा समितिको बैठकले सो निर्णय गरेको हो । शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२को लागि विनियोजन गरेको बजेटबाट वडा कार्यालयले २० लाख बजेट एम्बुलेन्स खरिदका लागि विनियोजन गरेको हो । एम्बुलेन्स खरिदपछि वडाबासीहरुले स्वास्थ्यमा सहज पहुँच पाउने विश्वास गरिएको छ । यस्तै वडाले विभिन्न योजनाहरुमा बजेट विनियोजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्