मोटरसाइकल दुर्घटनामा शुक्लाफाँटा नगरपालिकाका कर्मचारी ओलीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ भीमदत्त नगरपालकिा-४ स्थति भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्कदिा शुक्लाफाँटा नगरपालकिा-५ बनसमतिका रुद्र बहादुर ओलीको मृत्यु भएको हो।

महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्कदिा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशप्रसाद जोशीले बताए।

दुर्घटनामा भीमदत्त नगरपालकिा-६ का ५२ वर्षीय हरदित्त जोशी घाइते भएका छन् । मृतक ओली शुक्लाफाँटा नगरपालकिाका कर्मचारी हुन् । उहाँ योजना तथा अनुगमन शाखा प्रमुखको रूपमा कार्यरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्