यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई राहत सहयोग

मुगु २ साउन

हिमाली जिल्ला मुगुका पाटनहरुमा यार्सा संकलन गर्न जाँदा बिरामी परेका र लेख लागेर मृत्यु भएका परिवार लाई राहत सामग्री सहयोग गरिएको छ ।

टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको साझेदारमा गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएको समयमा  बिरामी भएर मृत्यु भएका ४ जनाको परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामग्री सहयोग गरेको हो । उनीहरु लाई डस्ना , फाईवर , चामल लगायत सामग्रीहरु सहयोग गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकुमाया शाहीले बताईन ।

उनका अनुसार मृतक चार जना परिवार लाई नगद १२ हजारका दरले बितरण गरेको पनि अवगत गराईन । यार्सा पाटनमा छायाँनाथ रारा नगरपालिका वडा नं १० का १ जना र वडा नं १२ का ३ जना युवाहरुको मृत्यु भएको यिो भने २७ जना परिवारका युवा सदस्यहरु बिरामी भएका थिए । १५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउँबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन् ।

घरका कमाउने युवा शक्तिको मृत्यु र बिरामी हुँदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र आर्थिक कमाउनबाट बन्चित भएकाले उनीहरुलाई थोरै भए पनि राहत होस् भनेर टेवाको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको अध्यक्ष शाहीले बताइन् ।

बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, लेक लागेर मृत्यु भएका, बिरामी परेका, धनजनको क्षति भएका प्रभावित परिवारलाई राज्यको उपस्थिति नहुँदै राहत लिएर विगत लामो समयदेखि टेवा मुगाली पीडितहरुको घर आगनमा पुगी मलम लगाउँदै आएको छ ।

खड्क सुनार , न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्