शैल्यशिखर नगरपालिकामा कार्यरत खरिदार जोशीलाई कारवाहीको माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत खरिदार मनोरथ जोशीलाई कारवाहीको माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । ‘मन्त्रालयले पटक–पटक ताकेता गर्दा समेत जोशीले अटेर गरेर शैल्यशिखर नगरपालिका दार्चुलामा स्टोर तथा जिन्सि शाखा सम्हालेर बसिरहेको, पटक पटक निजको नाममा बेरुजु देखिएको, निजको विरुद्ध भ्रष्टाचार गरेको भनि अख्तियारमा उजुरी परेको, पछिल्लो दुइ वर्षमै अकुत सम्पत्ति आर्जन गरेको भनि जोशीलाई कारवाही माग गर्दै सतर्कता केन्द्रमा उजुरी परेको स्रोतले पुष्टि गरेको छ ।

जोशी संघका कर्मचारी हुन्, तर २०७९ साल देखि शैल्यशिखर नगरपालिकामा काजमा कार्यरत छन् । काजमा ३ महिना भन्दा बढी बस्न नपाइने कानुनी व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई निजामति सेवा ऐन २०४९ को दाफा १८(१) बमोजिम २०८० साल साउन ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरुवा गरेको थियो । तर मन्त्रालयले गरेको सरुवालाई समेत अटेरी गर्दै जोशी सरुवा भएको ११ महिना बित्दा समेत शैल्यशिखर नगरपालिकामा नै काजमा कार्यरत छन् ।

यस्तै जोशीलाई सहमति विपरित काजमा खटाउने शैल्यशिखर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतहरु क्रमशः सुरेन्द्र बहादुर विष्ट, पुष्करसिंह धामी, भोजराज भट्ट र शेरबहादुर बुढासमेतबाट निजामति सेवा ऐन २०४९ को दफा १८ क ३ बमोजीम जोशीलाई खाइपाइ आएको तलब भत्ता र अन्य सुविधा वापतको रकम सरकारी बाँकी सरह असुल उपर गरी विभागीय कारवाही गर्न यस अगाडी नै मन्त्रालयमा समेत उजुरी परिसकेको थियो । तर मन्त्रालयले कुनै चाँसो नदेखाएपछि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो । खरिदार जोशीलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ ।

यस्तै शैल्यशिखर नगरपालिकामा भ्रष्टाचार दिन प्रतिदिन मौलाउदै गएको छ । सोमबार मात्रै २ जना कर्मचारीलाई धनगढीबाट घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको छ ।

शैल्यशिखरका दुई जना कर्मचारी ४ लाख १२ हजार घुससहित पक्राउ, ५० लाख ६० हजारको चेकसमेत बरामद

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्