शैल्यशिखरका दुई जना कर्मचारी ४ लाख १२ हजार घुससहित पक्राउ, ५० लाख ६० हजारको चेकसमेत बरामद

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो ।

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरेको जानकारी दिए । धामीद्वयको साथबाट पैँतालीस लाख साठी हजारको ५ थान चेक चेक बरामद भएको छ । यस्तै अशोक सिंह धामीको नाममा काटिएको पाँच लाख (२ लाख ५० हजारको दुई वटा) को चेकसमेत गरी कुल ५० लाख ६० हजारको चेक बरामद भएको उनको भनाइ छ । अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्