कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु र गृहमा लेखक

काठमाडौँ – नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ।

गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ। पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरेको हो। नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ।

एमाले अध्यक्ष ओली आइतबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनीसँगै सोमबार बिहान ११ बजे मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्