गुप्तचर प्रमुख र युवाहरुबीच रेष्टुरेन्टमा किन भयो भनाभन ?

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र केही युवाहरुबीच हिजो साँझ दरबारमार्गको एउटा रेष्टुरेन्टमा खानपिनको क्रममा भनाभन भएको छ । बिदा मनाउन भन्दै उनी पूर्वयोजनाबमोजिम हिजो साँझ दरबारमार्गको शेर्पा मलभित्र पुगेका थिए ।

पूर्व सभामुख कृष्णबहादुर महराका छोरा एटम (निर्मल) सँग कुराकानी गरेर खानपिनको निम्ति टोली शेर्पा मलभित्रको एउटा रेष्टुरेन्टमा पुगेको थियो । सोही क्रममा एटमका साथीहरु अनिल र अविनाश पनि त्यहाँ पुगेको र थापासँग विवाद भएको स्रोतको दाबी छ ।

घटनाको प्रत्यक्षदर्शी भनिएका एक जनालाई उद्धृत गर्दै स्रोत भन्छ, ‘मज्जैसङ्ग विवाद भइरहेको थियो । केटाहरुले थापासँग काम किन भएन ? भनेर सोधिरहेका थिए । उनले चित्तबुझ्दो जवाफ नदिएपछि हातै हालेको जस्तो लाग्यो ।’

उक्त घटनापछि थापा रेष्टुरेन्टबाट बाहिरिए । हुतराजको एटमसँग निकै बाक्लो उठबस छ । उनीहरुबीच पहिले पनि बेलाबखत यसरी नै खानपिन हुने गरेकोमा हिजो एक्कासी विवाद उत्पन्न भएको र विवादको कारण थाहा हुन नसकेको बताइएको छ । -जनआस्ठाबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्