जिल्लाव्यापी कविता वाचन प्रतियोगीतामा अर्किडकी करुणा प्रथम

काठमाडौँ – २११औँ भानु जयन्तीको अवसरमा आयोजित जिल्लाव्यापी कविता वाचन प्रतियोगीतामा अर्किड स्कुल प्रथम भएको छ ।

२११औँ भानु जयन्तीको अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजना तथा गोकर्णेश्वर नगर समितिको संयोजनमा  शनिबार काठमाडौँमा आयोजित जिल्लाव्यापी कविता वाचन प्रतियोगीतामा अर्किड स्कुल प्रथम भएको हो ।
प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध सदस्य विद्यालयहरुका १–१ जना प्रतियोगीले भाग लिएको उक्त प्रतियोगीतामा काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलकी कक्षा १० मा अध्ययनरत छात्रा करुणा पाण्डेले प्रथम स्थान हात पार्न सफल भएकी हुन् । यस्तै दोस्रोमा दिव्यसागर स्कुल, तेस्रोमा आइजोसेफ र चौथो स्थान  दर्शना स्कुल र  जुगल गुरुकुलले हात पार्न सफल भएका छन् ।

प्रतियोगीतामा विजयीहुनेहरुले नगद, ट्रफि र मेडल प्राप्त गरेका छन्। प्रतियोगीतामा  ६५ विद्यालयहरु सहभागी भएका थिए । कविता प्रतियोगिताको निर्णायकको भुमिकामा राजेन्द्र घिमिरे, बलराम दाहाल र गणेश खतिवडा रहेका थिए ।

यो पनि

फिजम अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा अर्किड स्कुलकी बिभुषा केसी बनिन् विजेता

नेशनल प्याब्सन गोकर्णेश्वर नगरसमितिका अध्यक्ष निराजन आचार्यको सभातपित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपककुमार सिसाल प्रमुख अथिति रहेका थिए । कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, काठमाडौँ जिल्ला अध्यक्ष अमृतकुमार खड्का, उपाध्यक्ष प्रेमकुमार भुजेल, होम बहादुर अधिकारी, मनोज नारायण तिमिल्सिना लगायत अन्य पदाधिकारी र नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्