भीमेश्वर एकेडेमीद्वारा एसईई ब्याच २०८० का विद्यार्थीहरुलाई बिदाई, मायाको चिनो समेत प्रदान

काठमाडौँ  – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको भीमेश्वर एकेडेमीले एसइई ब्याच २०८० का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । भक्तपुरको बोडेमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काको अध्यक्षतामा बिहिबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयले जानकारी गराएको छ । कार्यक्रममा संस्थापक खड्काले विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । साथै विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गर्नुभयो । साथै विद्यार्थीहरुको नतिजा राम्रो आउनुमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै शिक्षकहरुको प्रशंसा गरेका थिए । आगामी दिनमा उच्च तहमा राम्रो नतिजा ल्याई भीमेश्वरको नाम उच्च राख्न समेत संस्थापक खड्काले आग्रह गर्नुभयो ।


व्यबस्थापन समिति अध्यक्ष छत्र कार्कीले बिद्यार्थीहरू परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याइ अरु विद्यार्थी भन्दा राम्रो भइ अगाडि बढन आग्रह गरे ।
मयाको चिनो ग्रहण गर्दै विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि भीमेश्वर एकेडेमी प्रति सदैव माया रहीरहने बताए । विधालयमा शैक्षिक वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको विद्यार्थीहरुले प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गर्नुका साथै जुनियर विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेम कुमार भुजेल, नेशनल प्याब्सन काठमाडौँ जिल्ला कोषाध्यक्ष टंक थापा, फिजम सचिव तथा नेशनल प्याब्सन काठमाडौँ महानगर सचिव सुनिल केसी लगायतले समेत विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्