धुर्व राना र निशा रावलको स्वर तथा नरेन्द्र जोशीको निर्देशनमा रहेको ‘खर्कालो’ गीत सार्वजनिक

काठमाडाैं – गायक धुर्व राना क्षेत्री र निशा रावलको स्वरमा रहेका ‘खर्कालो’ गीत सार्वजनिक भएको छ । सिंगर धुर्व राना नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

नरेन्द्र प्रशाद जोशी ‘हगुल्टो’ को निर्देशनमा रहेको उक्त गीतमा धुर्व रानाक्षेत्री र सरस्वती बनको अभिनय रहेको छ । उक्त गीतलाई विनोद बमले सम्पादन गरेका छन् । अर्जुन केसीले छायांकन गरेको गीत साङ्ग्रीला क्रियसनले तयार पारेको छ ।

गीतमा शब्द न‍िशा रावलको छ भने लय शुर्व राना क्षेत्रीको रहेको छ । कृष्ण बाजुरालीले एरेन्ज गरेको गीत म्यूजिक ईरा स्टुडियोमा रेकर्ड गरिएको छ । निक्कै ठट्यौली शब्द रहेको उक्त गीत हिजो मात्रै सार्वजनिक भएको छ । छोटो समयमा गीतलाई धेरैले रुचाएका छन् भने सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्