भुवन प्रकाश बडू स्वर तथा भानुभक्त जोशीको शब्द रहेको ‘फिर्ता दे मेरो माया’ गीत सार्वजनिक

काठमाडाैँ – बेङ्लोर घटनामा आधारित कथावस्तु समावेश गरिएको गीत ‘फिर्ता दे मेरो माया’ सार्वजनिक भएको छ । मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न भएको माहोललाई तथा पीडालाई गीतमा समावेश गरिएको छ । आफ्नो जीवनसंगिनीबाट पवित्र माया पाउनुपर्नेमा अर्कै परपुरुषसँगको प्रेममा परेपछि सहन नसकि आत्महत्या गरेको विषयवस्तुलाई गीत मार्फत दर्शाउन खोजिएको छ ।

भुवन प्रकाश बडुको युट्युब च्यानलबाट उक्त गीत हिजो सार्वजनिक भएको छ । निक्कै मार्मिक एवं मनछुने गीतमा दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएको गायक बडूले बताएका छन् ।

भूवन प्रकाश बडूको स्वर रहेको उक्त गीतमा बडूसँगै गायक भानुभक्त जोशीको लय रहेको छ भने शब्द भानुभक्त जोशीको रहेको छ । विग एचडी परिवेश स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई रिजेन बडूले एरेन्ज गरेका थिए भने जीवन बडूले मिक्सिङ्ग गरेका थिए ।

छाती खोली हृदयमा, सजायकै थिया, अब आफै सन्सार छोडन्या ,मैले परण लिया, मुइले दिन्या चोखो माया, तोखी पुगेनकी, अन्तिम दिन छोडन्या बेला, मुटु दुखेनकी, धर्तीमा के भणी बाचौ, कै भणी जिन्दगी साचौ लगायतका भावुक शब्दहरुमा गीतमा समावेश गरिएको छ ।

भीम थापाको निर्देशनमा बनेको गीतलाई अमृत उपाध्यायले छायांकन गरेका छन् प्रविन रेश्मी मगरले सम्पादन गरेका छन् । सुरेश चन्द ठकुरी, हरिश भट्ट र ऐश्वर्य विष्टको अभिनय रहेको उक्त गीतमा बाल कलाकारको भूमिका साम्राज्ञी चन्द ठकुरीले गरेका छन् । खप्तड फिल्मस्ले तयार पारिएको उक्त गीत निक्कै रुचाइएको छ ।

हम दुवै छुटौला भुणी, लायो माया होइन, धर्ती छोडन भन्दा अब, बिकल्प रहेन–२ प्यारि, स्वर्ग लै एकलोइ हुन्छु, तोइ सम्झी वाँ पनी रुन्छु, भाबुनी कर्मका होरा, कसा–कसा हालेइ, म जन्मौन्या मेरि इजु, आँसु जन ढाले, बाल बच्चा छाडेर गया, राखे इजु मेरो माया लगायत ह्दयस्पर्शी शब्दहरुलाई गीतमा पूर्णता दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्