कञ्चनपुरमा बर्षासँगै आएको बाढी बस्तीमा पसेर तहस नहस, पूर्व मेयर चन्दले गरे अनुगमन

कञ्चनपुर – केहि दिनको निरन्तर वर्षाले कञ्चनपुरमा ७७ बर्षदेखिको रेकर्ड तोडेको छ । जसका कारण जिल्लामा व्यापक धनजनको क्षती भएको छ । बस्तीमा बाढी पसेर तहस नहस बनाएको छ भने नागरिकहरुको बिचल्ली भएको छ ।

पीडितलाई उद्दार गर्न तथा प्रभावित क्षेत्रको अनुगमन गर्न गएका बेदकोट नगरपालिकाका पूर्व मेयर अशोक कुमार चन्दले स्थानीयहरुको विचल्ली भएकोमा दुःख व्यक्त गरेका छन् । सुःख दुखमा साथ निरन्तर जनताको साथमा रहदैँ आएका पूर्व जनप्रतिनिधि चन्दले यस बर्षको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै पीडितसँग भेटघाट गरेका छन् ।

अनुगमनका क्रममा तत्काल पीडित नागरिकहरुको उद्धार, राहत र प्रभावित क्षेत्रहरुको नदी तटबन्दको ३ तहको सरकारले तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आज दिन भरि कंचनपुर जिल्लाका केहि प्रभावित क्षेत्रका नागरिक सङ्ग भेटघाट अन्तरसम्वाद गरियो, प्राकृतिक प्रकोपले पुरयाएको क्षतीका बारेमा नागरिकसँग भलाकुसारी गरियो साथै तिन तहको सरकारले प्राथमिकतामा राखेर पिडित परिवारको समस्या समाधान गर्नुपर्ने देखिन्छ।”

पुर्व मेयर चन्द आफु पदमा हुँदा पनि पदमा नहुदा जनता नागरिक समस्यामा परेका बेला सधैं जनताको घर दैलोमा पुग्ने गर्दछन् । कोरोनाको कहरको बेला समेत चन्द खटिएर स्थानीयको साहारा बनेका थिए । यस्तै हावाहुरीले क्षती गरेको बेला तथा बर्षातमा नदी कटान, बाढी र डुबान परेको बेला होस अथवा जंगली हातीले नोक्सान गर्दा होस, वा नागरिक बिरामी पर्दा होस सधैं बिपत्तिमा नागरिक जनताको माझमा रहनुहुन्छ ।

नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ । यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।

उहाँको अनुगमनले स्थानीयले अभिभावक पाएको महसुश गरेका छन् । धेरैजसो स्थानीयले सकारात्मक प्रतिक्रिया पनि दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्