फिजमद्वारा पूर्वप्राथमिक तहका शिक्षकलाइ एकीकृत पाठ्यक्रम र शिक्षण विधि सम्वन्धी तालिम

काठमाडौं – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले आइतबार पूर्वप्राथमिक तहका शिक्षकलाइ एकदिने तालिम प्रदान गरेको छ ।   फिजमका अध्यक्ष अमृतकुमार खड्काको अध्ययक्षता एक कार्यक्रमको आयोजना गरि शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम र शिक्षण विधि सम्वन्धी तालिम दिइएको हो ।

पेप्सीकोला टाउनप्लानिङमा रहेको ग्लोबल पब्लिक स्कुलको हलमा आयोजित तालिममा २२ विद्यालयका करिब ८० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

तालिमको संयोजक अन्जन चालिसे रहुनभएको थियो भने प्रशिक्षणमा सानु अमात्यले रहनुभएको थियो। यसैगरी कार्यक्रम सञ्चालन फिजम सचिव सुनिल केसी खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जय ढकालको रहेको थियो । यस्तै कार्यक्रमको उद्देश्यबारे अध्यक्ष खड्काले प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले अबको युगमा सिकाइका मोडलहरु ठूलो कक्षामा मात्र नभइ सानो कक्षामा पनि परिवर्तित ढंगले अघि बढाउन र माथिल्लो कक्षाको नतीजा खोज्नु अघि पूर्व प्रावि तहबाट नै आधार तयार गर्नु पर्ने भएकोले फिजमले यस किसिमको तालिम आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो “सिकाइको पहिलो खुड्किलो भने कै क ख रा सँगै व्यवहारिक जिवनोपयोगी सीप सिकाइको लागि पूर्व प्रावि तहको शिक्षकको ठूलो भुमिका हुन्छ किनकी उहाँहरु भनेको मदर्स अफ लर्निङ हो, सिकाइको जननी हो त्यसैले इसिड तहलाई मजबुत बनाएर संस्थागत बिद्यालयले शिक्षा क्षेत्रमा निर्वाह गर्नु पर्ने भूमिका पूरा गर्न यस्ता किसिमका शैक्षिक एवं अतिरिक्त कार्यहरु गर्दै आएका छौँ” । 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्