बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारियो

बैतडी – बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्लाको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाइ सुरक्षित स्थानमा सारिएको हो। सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडिको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ। बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन्। नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीयले बताएका छन् । सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन्। २०७८ कात्तिक पहिलो साता पनि बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्